नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले उक्त कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरवीबी मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरवीबी मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।







