राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यको खातामा संरक्षित पुँजी फिर्ता कोषको ३ करोड ८३ लाख


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यको खातामा संरक्षित पुँजी फिर्ता कोषको ३ करोड ८३ लाख

राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य गरेको हो । 

यससँगै एउटै सदस्यले ९ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकमा सदस्य संघ/संस्थाहरूले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल ३ करोड ८३ लाख २० हजार २ सय ९५ रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ । 

Read More
  • EBL Ad news