एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेकोे छ।
कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्डमा हालैमात्र अनुमति माग्दै निवेदन दिएको हो।कम्पनीले धितोपत्र बोर्डको अनुमति पछि ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्नेछ ।
उक्त ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ छ । कम्पनीले कुल ३० लाख इकाइै बिक्री गर्नेछ।जसमा १८ लाख इकाई व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाई सार्वजनिक निष्कासन मार्फत् गर्नेछ ।


