काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतवार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा सम्पन्न भएको हो ।
सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
साथै, सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।








