प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। सो कार्यका लागि कम्पनीले गत असार १९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
२८ औं वार्षिक साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको करिब दुई महिनापछि कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।
यसअघि सभाले नेपाल बीमा प्राधिकरणले तोकेबमोजिमको चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन र आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत ४.५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ५०.१५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।




