राष्ट्र बैंकले बाटो खोलेपछि बैंकहरु धमाधम अग्राधिकार शेयर जारी गर्ने तयारीमा, कामना सेवाले पनि प्रकृया अघि बढायो


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकले बाटो खोलेपछि बैंकहरु धमाधम अग्राधिकार शेयर जारी गर्ने तयारीमा, कामना सेवाले पनि प्रकृया अघि बढायो

नेपाल राष्ट्र बैंकले पूँजीकोष कम भएका बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्न दिने बाटो खोलेपछि बैंकहरु धमाधम अग्राधिकार शेयर जारी गर्ने तयारीमा लागेका छन्। कामना सेवा विकास बैंक (KSBBL) ले पनि सोमबार अग्राधिकार शेयर जारी गर्न प्रकृया अघि बढाउने निर्णय गरेको हो।

सोमबार बसेको बैंकको सञ्चालक समितिले ९ प्रतिशतका दरले अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि १ सय रुपैयाँ अंकित दरका ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो।

यसअघि ३ वटा वाणिज्य बेंकले अग्राधिकार शेयर जारी गर्न राष्ट्र बैंकसँग अनुमति मागिसकेका छन्। पूँजीकोष दबावमा रहेका बैंकहरुले पूँजीकोष बढाउन अग्राधिकार शेयर जारी गर्ने बाटो समयएका हुन्। राष्ट्र बैंकले केहि दिन अघि मात्र बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्नदिने निर्णय गरेको थियो।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad