काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख युनिट भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।



