सिवाईसी लघुवित्त वित्तीय संस्था डुब्न लाग्यो भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ।
उक्त कम्पनीका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले मनलाग्दी गरेर लघुवित्त डुबाउन लागेको भन्दै संस्थापक शेयरधनीहरुले केन्द्रीय बैंकमा उजुरी दिएका हुन्।
उजुरीपत्रमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालकले झुटा बिल पेश गरेर करोडौं अनिमियतता गरेको, अनुगमनमा आएका राष्ट्र बैंककै कर्मचारीलाई प्रभावमा पारेर संस्थाका कर्तुत लुकाएको, राजनीतिक लाभ उठाउने उद्धेष्यले एक जना महिलाई सञ्चालक बनाउन ऐन विपरित काम गरेको, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसे पनि प्रमुखकै रुपमा काम गरिरहेको आरोप छ । शेयरनीको आरोप यतिमा मात्र सीमित छैन ।







