यूनाइटेड अजोड इन्स्योरेन्स विरुद्ध अवहेलना मुद्दा,३३ जना बिमितले भुक्तानी नपाएको दाबी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यूनाइटेड अजोड इन्स्योरेन्स विरुद्ध अवहेलना मुद्दा,३३ जना बिमितले भुक्तानी नपाएको दाबी

यूनाइटेड अजोड इन्स्योरेन्स (तत्कालीन अजोड इन्स्योसेन्स कम्पनी) विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै सोमबार मुद्दा दर्ता भएको छ ।

कोरोना बिमावापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बीमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि नेपाल महासंघ मोरङले सोमबार अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।

न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (२) ले उच्च अदालतले आफ्नो र मातहतको अदालत वा न्यायिक निकायको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारवाही चलाउन सक्ने कानूनी व्यवस्था गरेको छ ।

Read More