काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।
एफपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभाले एफपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाको लागि तय भएको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।








