यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
सभाले कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् १०० कित्ता शेयर बराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। हकप्रद पछि चुक्तापूँजी पनि वृद्धि हुने हुँदा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ ।


