काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोगस्वरूप प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडाध्यक्ष कलिम राइन, यस कम्पनीका कर्मचारी तथा स्थानीय नागरिक अगुवाहरूको उपस्थितिमा पीडितहरूलाई प्रत्येक घर एक थान साडी वितरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने विश्वाससमेत व्यक्त गरे । वडाध्यक्ष कलिम राइनले आगलागीबाट लत्ताकपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नु परेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने बताए ।





