हकप्रद निष्काशन गर्न सन नेपाल लाइफले नेपाल एसबिआईलाई चयन गर्यो बिक्री प्रबन्धक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हकप्रद निष्काशन गर्न सन नेपाल लाइफले नेपाल एसबिआईलाई चयन गर्यो बिक्री प्रबन्धक

सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले १ः०.२७ को अनुपातमा प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेका छन्। 

Read More
  • MBL - below news