काठमाडौं । मुगुको सदरमुकाम गमगडीमा रहेको एनआईसी एसिया बैंक तोडफोड भएको छ । शनिबार राती ९ः२१ बजे बैंकको मुल ढोका तोडफोड गरिएको हो ।
बैंकमा रहेको सिसि क्यामारामा देखिएअनुसार उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागाडले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरिले जनाएको छ ।
बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उनको डिउटी राती ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका तोडफोड गरी बैंक भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ ।