काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवलले ‘लघुवित्त वित्तीय संस्थाको सफलताको लागि कर्मचारी सशक्तीकरण’ तालीम सम्पन्न गरेको छ । ग्राहक संरक्षण कोषअन्तर्गत साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभागअन्तर्गतका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिवार बुटवलमा उक्त तालीम आयोजना गरिएको हो । लघुवित्त क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाको सामना गर्दै लघुवित्त क्षेत्रको स्थायित्वका लागि कर्मचारीको मनोबल उच्च राख्न, ज्ञान, शीप साथै क्षमताको अभिवृद्धिको लागि तालीम आयोजना गरेको बताइएको छ ।








