माछापुच्छ्रे बैंकले भिडिओ केवाइसी सेवा सुरू गरेको छ। बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत् खाता खोली भिडिओ केवाइसीमार्फत् आफ्नो खाता सञ्चालन गर्न सक्ने सुविधा थप गरेको जनाएको छ ।
उक्त भिडिओ केवाइसीमार्फत् खाता खोल्दा ग्राहकहरू केवाइसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म धाउनु नर्पे झन्झट गरेको बैंकले जनाएको छ ।
देशभित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडिओ केवाइसी सेवामार्फत् आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सेवा माफ्त ग्राहकले खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडिओमार्फत् गर्न सकिने छ।