माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ


  • KBL News Ad
  • ADBL
  • City Express
माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ

माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ ।  उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन। यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ। 

Read More
  • EBL Ad news