लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रीप्रब्नाधक चयन गरेको हो ।
बिक्रि प्रबन्धकको नियुक्ति सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन्।






