काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोशी प्रदेश अन्तर्गतका ईलाम, झापा, मोरङ, सुनसरी र सप्तरीका गरी ५ जिल्लाका ११ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT एण्ड क्वालिटी ग्रोथ ट्रेनिङ कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रम वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो ।








