एनआइएमबि एस क्यापिटल माउन्ट एभरेष्टको विक्री प्रबन्धक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइएमबि एस क्यापिटल माउन्ट एभरेष्टको विक्री प्रबन्धक

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि माउन्ट एभरेष्टले जारी पूँजीको ३० प्रतिशत हुने २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासनको तयारी गरेको छ ।सम्झौतापत्रमा माउन्ट एभरेष्टका अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । माउन्ट एभरेष्टले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोलुखुम्बुस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताइएको छ । एनआइएमबि एस क्यापिटलले माउन्ट एभरेष्टका साधारण शेयर सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । 

Read More
  • MBL - below news