कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा मिति २०८० साल पुस १७ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनी महानुभावहरुले राख्नु भएको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिनुभएको थियो । शेयरधनी महानुभावहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीज्यूहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने वताउनुभयो । उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंक सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने बैंकका कानुन विभाग प्रमुख श्री डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad