आइएमई लाइफले तीन प्रदेशका कर्मचारीलाई दियो एएमएल र सीएफटी तालिम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइएमई लाइफले तीन प्रदेशका कर्मचारीलाई दियो एएमएल र सीएफटी तालिम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण (एएमएल) निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी (सीएफटी) निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ। 

तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमएल/सीएफटीका महत्व र लक्ष्यहरू, मनि लाउन्डरिङका घटनाहरू, सम्पत्ति शुद्धीकरणका लक्ष्यहरू, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङका घटनाहरू, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङको पहिचान, एकल बीमा शुल्क, वित्तीय जोखिम मूल्यांकन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गीकरण, वित्तीय जोखिमको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाय लगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो। 

Read More
  • MBL - below news