काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँट भएको छ । एक समारोहका बीच सिद्धार्थ क्यापिटल लिमीटेडले एफपीओ बाँडफाँट गरेको हो ।
यो लघुवित्तले सर्वसाधारणका लागि कात्तिक २१ देखि २४ गतेसम्म साधारण सेयरको थप निश्कासन(एफपीओ) गरेको थियो । कम्पनीले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ सर्वसाधारणका लागि निश्कासन गरेको थियो ।
बाँडफाँटका क्रममा १० कित्ताको दरले १७ हजार ८४५ आवेदकले एफपीओ पाएका छन् । एकजनाले थप एक कित्ता र अर्को एकजनाले ०.१८ थप कित्ता पाएका छन् ।








