काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मृतक बिमितको परिवारलाई दाबी भुक्तानी गरेको छ । प्रदिप ज्ञवालीले २०७८ कात्तिक २९ गते ५० लाख बराबरको बिमालेख खरिद गरेका थिए ।
उनको २०८० बैशाख २४ गते दुर्घटनाको कारणबाट मृत्यु भएको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृतकी आमा टिका कुमारी घिमिरेलाइ एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।





