काठमाडौं : मिर्मिरे लघुवित्तको एफपीओमा १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (असोज ३० गते) साँझ ५ः०७ बजेसम्ममा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन् दिएका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन १३०.६३ गुणा बढी हो ।
मिर्मिरेले असोज २५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।





