मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा पाँचाै दिनसम्ममा नै माग गरे भन्दा ११२.१३ गुणा बढी आवेदन परेको छ। लघुवित्तको एफपीओमा १२ लाख १२ हजार १०९ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साेमबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा १ कराेड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रूपैयाँको आवेदन परेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेकाे हो।





