मिर्मिरे लघुवित्तको एफपीओमा दाेश्राे दिन नै माग भन्दा ७४.८८ गुणा बढी आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्तको एफपीओमा दाेश्राे दिन नै माग भन्दा ७४.८८ गुणा बढी आवेदन

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB)ले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा दाेश्राे दिन नै माग भन्दा ७४.८८ गुणा बढी आवेदन परेको छ। लघुवित्तको एफपीओमा ८ लाख ६ हजार ७६२ जनाले आवेदन दिएका छन् । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा ९२ लाख ७१ हजार ४२० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा ९२ करोड ७१  लाख ४२ हजार रूपैयाँको आवेदन परेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

Read More
  • MBL - below news