स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल–वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सहकार्य


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल–वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सहकार्य

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सहकार्य हुने भएको छ । ‘लोन लस ग्यारेन्टी’का लागि दिगो ऊर्जा चुनौती कोषअन्तर्गत नवीकरणीय क्षेत्रमा लगानी गर्न सम्झौता भएको बताइएको छ ।

सम्झौताले देशमा नवीकरणीय ऊर्जा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको छ । दिगो पहलका लागि कर्जा प्राप्त गर्दा ‘लोन लस ग्यारेन्टी’ सुविधाले धितोको आवश्यकता कम गर्ने अपेक्षा गरिएको छ । यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत पर्ने बताइएको छ । यसले कर्जाका लागि २० प्रतिशत ग्यारेन्टी जोखिम वहन गरिदिने सम्झौतामा उल्लेख छ ।

Read More