काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) को आयोजनामा असोज चौथो हप्ता सञ्चालन हुन लागेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०८० को रजिस्ट्रेसन खुल्ला भएको छ ।
‘दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ मा काठमाडौंको याक एण्ड यती होटलमा हुने गोष्ठीमा सहभागिता जनाउन अनलाइन पोर्टल https://events.ncbl.coop मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ ।
गोष्ठिमा सहकारी संघ/संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ/संस्थाका प्रतिनिधीहरू गरी ५ सय जना भन्दा बढीको सहभागीता रहने जनाईएको छ ।