शाइन रेसुङ्गाले ल्यायाे ‘शाइन घडेरी कर्जा’, घडेरी किन्न एक करोडसम्म कर्जा दिने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शाइन रेसुङ्गाले ल्यायाे ‘शाइन घडेरी कर्जा’, घडेरी किन्न एक करोडसम्म कर्जा दिने

बुटवल । हरेक व्यक्तिको एउटा सपना हुन्छ आफनै स्वामित्वको सुन्दर घर होस् । तर, घर बनाउन घडेरी हुनुपपर्यो, जुन सबैको नहुन सक्छ । यही कुरालाई मध्यनजर गरेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ ।

असोज १ गते लन्च भएको यो कर्जा योजनामा बैंकले एकजनालाई अधिकत्तम एक करोडसम्म कर्जा दिने भएको छ । यो कर्जा २० वर्षे अवधिको हो । यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ । कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन । खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउनेछ र उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशतमात्र हुनेछ ।

सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनी पेशासंग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको बैंकका कर्जा प्रमुख किरण नेपालले बताए ।

यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौं’– कर्जा प्रमुख नेपालले भने– ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ।’

यो कर्जामा रिस्क प्रिमियम न्युन दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैंकले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि बरदान सावित हुने बैंकको विश्वास छ ।

२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक बनेको हो । बैंकको पांच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad