काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । मंगलबार कम्पनीको ३ करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको ९६ कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ४० लाख कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड २० कित्ता सुचीकृत भएको हो ।





