प्रभु क्यापिटल र होस्ते हैंसेबीच सम्झौता नवीकरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु क्यापिटल र होस्ते हैंसेबीच सम्झौता नवीकरण

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवा अन्तर्गत होस्ते हैंसे संगको सम्झौता नविकरण गरेको छ । उक्त सम्झौता अनुसार बालबालिकाहरुको लागि ‘प्रभु लिटिल क्याम्प्स’ नामक लगानी व्यवस्थापन सेवा (पीएमएस) लिए बापत १ जना गरीब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।  

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाई छ । 

Read More
  • MBL - below news