श्रीनगर एग्रीटेकले आईपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
श्रीनगर एग्रीटेकले आईपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भविष्यमा निष्काशन गर्ने आईपीओको लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार कम्पनीले आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १ सय रुपैयाँ दरको तेह्र करोड रकम बराबरको १३ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्नेछ ।

सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर सम्पन्न भएको हो ।

Read More
  • MBL - below news