काठमाडौं । एनएली इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता आइतवार कम्पनी र क्यापिटलबीच भएको हो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको १०ः६६ अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद शेयर निष्कासन तयारी गरेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।




