सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपिआइएल–डिजी प्रणाली सुरू गरेको छ।
सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपिआइएल–डिजीको प्रयोगले बीमितहरूले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन।
यस्तै, निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन्।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रुपमा एक समारोहका बीच एसपिआइएल–डिजी प्रणालीको शुभारम्भ गरिएको हो।





