काठमाडौँ । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो पदमा नियुक्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानन्धरले शुक्रबार नै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरे ।