एशियन लाईफ ईन्स्योरेन्सले घरमै पुगेर गर्याे मृत्यु दाबी भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एशियन लाईफ ईन्स्योरेन्सले घरमै पुगेर गर्याे मृत्यु दाबी भुक्तानी

मुगु । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले एकै महिनामा बिमित मृतकको घरमा पुगेर दाबी भुक्तानी गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ भामबाडाका हेमराज भामले १० लाख रकम बराबरको जीवन बिमा गरेकामा हेमराजको मृत्यु भएको थियो ।

उनले ३ किस्ताको रु १ लाख १६ हजार जम्मा गरेका थिए, अन्य चौथो किस्ता बुभाउनु भन्दा पहिले नै मृत्यू भएको हुँदा एशियन लाईफ ईन्स्योरेन्स कम्पनिले मृतक भामका बुबा कृष्णबहादुर भामलाई घरमै गएर एक कार्यक्रम गरी ११ लाख ९ हजार ३ सय ९७ रुपैयाको चेक घरमै गएर हस्तान्तरण गरेको हो ।

Read More