राष्ट्रिय सहकारी बैंकले लेखा सुपरीवेक्षण समितिको गोष्ठी गर्ने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्रिय सहकारी बैंकले लेखा सुपरीवेक्षण समितिको गोष्ठी गर्ने

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल)को आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० गरिने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौंमा गोष्ठी हुने भएको हो ।          

बैंकका अध्यक्ष केबी उप्रेतीका अनुसार गोष्ठिमा सहकारी संघ÷संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ÷संस्थाका प्रतिनिधीहरू गरि ५ सय जनासम्मको सहभागीता रहने छ । सहकारी संघ÷संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्य रहेको छ । 

Read More
  • EBL Ad news