काठमाडौं । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका हुन् ।
फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष जलानले बताएका हुन् ।



