काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै ४४ लाख ५१ हजार ७१० कित्ताका लागि आवेदन परेको छ । पहिलो दिन अर्थात मंगलबार (साउन २३ गते) साँझ ५ः०६ बजेसम्ममा ३ लाख ६२ हजार ७९१ जना सर्वसाधारण आवेदकहरुले १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।





