सामाजिक उत्तरदायित्वका साथ आई. एम. ई. लाइफ इन्स्योरेन्स छैटौं वार्षिकोत्सव मनाउँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सामाजिक उत्तरदायित्वका साथ आई. एम. ई. लाइफ इन्स्योरेन्स छैटौं वार्षिकोत्सव मनाउँदै

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनि लि. ले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छवटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ ।

कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सन्चालित हाम्रो साझा घरमा रहनुभएको ४० जनाभन्दा बढी बृद्ध बृद्धालाई झुल तथा खाद्यान्न सामाग्रि बितरण गरेको छ । उक्त कार्यक्रम १०० जनाभन्दा बढीको उपस्थितिका बिच सम्पन्न भएको थियो । मधेश प्रदेशमा बीरगन्ज र हरिवन शाखाबाट मानव सेवा आश्रम हरिवन र वीरगन्जमा क्रमश खाद्यान्न सामाग्री वितरण गरिएको थियो । वाग्मती प्रदेशबाट काठमाडौंको सोह्रखुट्टेस्थित असहाय जेष्ठ नागरिक आश्रम तथा भक्तपुरको मानव कल्याण समाज सेवा घर तथा नारायणघाट शाखाबाट चितवन मानव सेवा आश्रममा सरसफाइका सामाग्री हस्तान्तरण र खाजा खुवाउने कार्यक्रम  गरिएको थियो । त्यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङ शाखाले बाग्लुङ मानव सेवा आश्रममा बस्नुभएका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भोजन सहयोग गरेको थियो ।

IME Life Insurance

वालिङ शाखाले श्री शिव पार्वती बृद्धाश्रम, राम्दिमा रहनुभएका बृद्धहरुकालागि फलफूल, नगद र सिलिङ्ग पंखा वितरण गरेको थियो । त्यसैगरि दमौलि शाखाबाट उज्यालो मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको थियो । कर्णालि प्रदेशबाट नेपाल बीमा प्राधिकरण प्रदेश प्रमुख श्री पदम सोडारीको उपस्थितिमा बादि सरोकार मन्च, सुर्खेतलाई खाद्यान्न सामाग्री वितरण गरियो ।  उक्त मन्च अन्तर्गत आश्रममा एक सय दश जना लोपोन्मुख बादि जातिका बाल विद्यार्थीहरु बस्ने गर्छन् । सुदुर पश्चिम प्रदेश अन्तर्गतको धनगढी शाखाले आमाको माया छात्रावासमा अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम गरेको थियो । लम्की शाखाले बौनिया स्थित सहारा घरमा भोजन वितरण गरेका छ भने बाजुरा शाखामा पनि बालआश्रममा भोजन वितरण गरेको छ ।

उक्त कार्यक्रमहरुको समापनमा सम्पूर्ण कर्मचारीहरुलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक सोंचको विकास गर्ने तथा सामाजिक उत्तरदायित्व निभाउन आई. एम. ई. लाइफ इन्स्योरेन्स सदैव तत्पर रहने कुरा बताउनुभयो । छैटौं वार्षिकोत्सव अन्तर्गत आई. एम. ई. लाइफ इन्स्योरेन्सले आगामी दिनमा देशैभर स्वास्थ्य शिविर, युवाहरुलाई वित्तिय सशक्तिकरण तालिम तथा रक्तदान कार्यक्रमको आयोजना गर्न गईरहेको छ ।

  • MBL - below news