सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता

हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाबीच सम्झौता भएको छ। लगानीकर्ताहरुले हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि उक्त सम्झौता भएको हो । 

उक्त सम्झौतामा हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) का अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै लगानीकर्तालाई भुक्तानी सेवा प्रदायक संस्था इसेवाको प्लेटफर्ममार्फत सेयर खरिदबिक्रीको सेटलेमेन्ट गर्न थप सहज हुने हिमालयनका अध्यक्ष सागर ढकालले बताए । 

Read More
  • EBL Ad news