भ्रमित नभै ढुक्कले कारोबार गर्न सहकारी बैंककाे आग्रह


  • KBL News Ad
  • ADBL
  • City Express
भ्रमित नभै ढुक्कले कारोबार गर्न सहकारी बैंककाे आग्रह

सहकारी क्षेत्रमा भएको गतिविधिहरुले राष्ट्रिय सहकारी बैंकप्रति भ्रम पैदा भएको छ । त्यस्ता गतिविधिबाट भ्रममा नपर्न सहकारी बैंकले आफ्ना सदस्य तथा सरोकारवालाहरुमा अनुरोध गरेको छ ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बैंक खटिएर लागेको छ । बैंकले सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी गरिरहेको हुँदा देशभरका सदस्य सहकारी संघ संस्था, नियामकीय निकाय तथा सम्पूर्ण सरोकारवालाहरुलाई भ्रममा नपर्न अनुरोध गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, 'देशभरका सहकारी संघ संस्थाको विश्वास, साथ र सहयोगद्वारा स्थापित, सञ्चालित सहकारी बैंक नेपाल राष्ट्र बैंक समेतको नियमनमा छ । बैकले नियमनकारी निकायका निर्देशनहरु पूर्ण रूपमा पालना गरेको छ ।संस्थागत सुशासन सहित सञ्चालित सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा केन्द्रीत रहदै आएको छ । सहकारीहरुको संस्थागत विकास, वित्तीय व्यवस्थापनलगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गरेको छ । विभिन्न समयमा बैंक र बैंकको अध्यक्षलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।'

Read More
  • EBL Ad news