नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्स लिमिटेडमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरिदिएको छ। रोक्का गरेसँगै नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न पनि निर्देशन जारी गरेको छ ।
नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै सो कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।





