प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको पूर्व स्वीकृति लिन बीमा प्राधिकरणमा निवेदन पेश गरेको छ ।
कम्पनीकाे असार २७ गते, बसेकाे सञ्चालक समितिको बैठकले कम्पनीको २७ औं वार्षिक साधारण सभामा सूचना प्रकाशित भई छलफल तथा निर्णय भए बमोजिम हकप्रद सेयर जारी गर्नको लागि नेपाल बीमा प्राधिकरणबाट पूर्व स्वीकृती लिने निर्णय भए बमोजिम नपुग रकम बराबरको हकप्रद सेयरको पूर्व स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन पेश गरेकाे हाे ।





