असार २९ गतेदेखि एकीकृत कारोबार गर्दै २ इन्स्योरेन्स कम्पनी


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
असार २९ गतेदेखि एकीकृत कारोबार गर्दै २ इन्स्योरेन्स कम्पनी

काठमाडौं । २ इन्स्योरेन्स कम्पनीको असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर प्रकृयामा रहेका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । 


मर्जर पश्चात यी कम्पनीले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट कारोबार गर्ने भएका छन् । यी दुवै कम्पनीले बराबर स्वाप रेसियोमा मर्जरमा जाने सहमति गरेका छन् । 

सो कम्पनीलाई गत जेठ २९ गते नेपाल धितो पत्र बोर्डले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।

बीमा प्राधिकरणले तोकेको ५ करोड चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीले एकीकृत कारोबार पछि  प्रिमियम मूल्यमा  एफपीओ जारी गर्ने भएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad