एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न प्राधिकरणको अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न प्राधिकरणको अनुमति

नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स (NLG) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । हकप्रद निष्काशन कडाई गर्दै आएको प्राधिकरणले एनएलजी इन्स्योरेन्सलाई भने हकप्रद शेयर निष्कनशन गर्न अनुमति दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको जानकारी गराए ।  

प्राधिकरणको निर्देशन अनुसार असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

Read More
  • MBL - below news