मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग मूल्य कति?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग मूल्य कति?

साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जर पश्चात कायम हुन आएको शेयर नेप्सेमा सूचीकृत भएको छ । दुई लघुवित्त मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त (CYCL) को नाममा १० लाख ८२ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच १ः०.७० को अनुपातमा मर्ज हुदाँ कायम हुन आएको सो बरारबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको लघुवित्तको शेयर कारोबार पनि फुकुवा गरेको छ ।

मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले १ हजार १७१ रुपैयाँ ओपनिङ्ग मूल्य तोकिएको छ । सोहि अनुसार भोलि सोमबारदेखि लघुवित्तको शेयर कारोबारमा आउनेछ ।

साबिकको आँधिखोला लघुवित्तको शेयर सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad