काठमाडौँ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोनपेले हालै प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।
फोनपेले विभिन्न क्षेत्र एवम् समुदायहरुमा डिजिटल पेमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सुरक्षित एवं सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्न जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा यो साक्षरता कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।