काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण कारोबार जेठ ३२ गते एक दिन बन्द हुने भएको छ । प्राप्ति प्रक्रिया पुरा गरी असार १ गतेदेखि एकिकृत कारोबार सुरू गर्न लागेका यी दुई कम्पनीले तयारी स्वरुप वित्तीय कारोबार एक दिन बन्द गर्न लागेका हुन ।
कारोबार बन्दका कारण ग्राहकबर्गमा पर्न जाने असरप्रति दुबै कम्पनीले क्षमा मागेका छन् । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए । प्राप्ति पश्चा्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेको जानकारी कम्पनीले दिएको छ ।
प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन , भरतपुरमा रहने जानकारी समेत कम्पनीले दिएको छ । यी दुई कम्पनीलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।








